काठमाडौं । कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। उक्त मुद्दा आज १२औँ नम्बरमा राखिएको छ।
यसअघि चैत १ गते पनि पेसी तोकिएको भए पनि पालो नआएका कारण सुनुवाइ हुन सकेको थिएन। त्यस समयमा रिट निवेदक तथा पूर्व उपसभापति पूर्णबहादुर खड्का बहसका लागि अदालत पुगेका थिए।आज भने दुवै पक्षका कांग्रेस नेताहरू सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन्। उपसभापति विश्वप्रकाश शर्मा पनि बहसका लागि अदालत जाने कार्यक्रम रहेको छ।
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि र निर्वाचन आयोगले त्यसलाई मान्यता दिएपछि, त्यसको विरोध गर्दै खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।