काठमाडौँ — संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ। उक्त बैठकमा तीन वटा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
यसैगरी, राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे सिंहदरबार मा बस्नेछ। बैठकमा प्रेमप्रसाद दंगाल ले लिलाकुमारी भण्डारी लाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।त्यसै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रिय मानवअधिकार आयोग को आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन पनि सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।