• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउन गर्‍यो निर्णय

सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउन गर्‍यो निर्णय

काठमाडौँ – सर्वदलीय बैठकले प्रतिनिधिसभाको नियमावली २०७९ संशोधन गरेर नयाँ बनाउने निर्णय गरेको छ। यसको लागि नियमावली मस्यौदा समिति गठन गरिने जानकारी नेकपा एमालेका सांसद गुरु बरालले दिएका छन्।

बैठकले संसदको कामकारबाहीलाई डिजिटल बनाउने योजना अघि सारेको छ भने तत्कालका लागि कागज र डिजिटल दुवै माध्यम प्रयोग गरिनेछ। साथै, सबै दलको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने छ।

एमालेले संविधान र कानुनको प्रयोगमा देखिएका चुनौतीहरूको विषयमा सदनमार्फत आवाज उठाउने र कानुनको पालनामा कुनै विवाद नगर्ने तर विधिको शासनमाथि प्रश्न उठे प्रतिपक्षीको हैसियतले आवाज बुलन्द गर्ने रणनीति अपनाउने बरालले बताए। उनले सरकार संविधान र कानूनभन्दा बाहिर गएर सदनबाट प्रतिवाद गर्ने सम्भावनासमेत उल्लेख गरे।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार