काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सांसद विष्णुमाया विक ले सामाजिक सञ्जालको प्रभावले राजनीतिक निर्णयहरू प्रभावित भइरहेको भन्दै सरकारसँग तुरुन्त नियमन गर्न माग गरेकी छन्। उनले भनिन्, “आज कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, कुन पार्टीको अध्यक्ष बनाउने भन्ने कुरा सामाजिक सञ्जालले निर्धारण गरिरहेको छ। यसले लोकतान्त्रिक प्रक्रियामा असर पुर्याइरहेको छ।”
सांसद विकले पार्टी अध्यक्ष एवं पूर्वगृहमन्त्री रमेश लेखक र केपी शर्मा ओली लाई तत्काल रिहा गर्नुपर्ने पनि माग गरेकी छन्। उनका अनुसार यी नेताहरूलाई प्रमाण नष्ट गर्ने कुनै आधार छैन, त्यसैले अनुसन्धान स्वतन्त्र रूपमा अघि बढाउनुपर्नेछ।
त्यसैगरी, उनले एमाले समर्थक जेनजी अमिसा पराजुलीमाथि भएको साइबर आक्रमण र हिंसाको पनि आपत्ति व्यक्त गरिन्।