सुकेटार विमानस्थलमा तीन सातापछि उडान, भाडा १२ हजार

सुकेटार विमानस्थलमा तीन सातापछि उडान, भाडा १२ हजार

ताप्लेजुङ स्थित सुकेटार विमानस्थल मा करिब तीन सातापछि सोमबारदेखि पुनः हवाई उडान सञ्चालनमा आएको छ। प्रतिकूल मौसमका कारण चैत ४ गतेदेखि उडान अवरुद्ध भएको थियो। नेपाल वायुसेवा निगम का अनुसार सोमबार काठमाडौंबाट १३ जना यात्रु बोकेर आएको विमान ताप्लेजुङबाट ११ जना यात्रु लिएर फर्किएको छ। इन्धनको मूल्य वृद्धि भएपछि ताप्लेजुङ–काठमाडौं उडानको भाडादर ९ हजार ४ सय रुपैयाँबाट बढाएर १२ हजार रुपैयाँ पुर्‍याइएको छ। सुकेटार विमानस्थलमा निगमले मात्र उडान सञ्चालन गर्दै आएको छ। लगातार वर्षा, बाक्लो कुहिरो र हुरीका कारण कहिलेकाहीँ विमान आकाशबाटै फर्कनु पर्ने तथा कतिपय अवस्थामा विमानस्थलसम्म आइपुगेर पनि अवतरण गर्न नसक्ने अवस्था रहेको थियो। निगमको ट्विनअटर जहाजले हप्तामा तीन दिन—सोमबार, बुधबार र शुक्रबार—काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान भर्ने गरेको छ भने अबको उडान शुक्रबार मात्रै हुने जनाइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार