• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

अर्थमन्त्रीले भने : सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

अर्थमन्त्रीले भने : सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक त्रास फैलाउने काम भइरहेको भन्दै लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन्। उनले स्पष्ट पारे, सरकारले लगानीकर्तामाथि कारबाही गर्ने उद्देश्य नराखेको भए पनि इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन वा अन्य अनैतिक काम गर्नेहरूलाई कानुन अनुसार कारबाही गरिनेछ।

वाग्लेका अनुसार, नेपालमा सेयर बजार अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ। पेपरलेस कारोबार, बैंकमार्फत लेनदेन, लाभांश सिधै खातामा जम्मा, कर प्रणाली स्पष्ट र किन/बेच गरिएको ट्र्याक गर्न सकिने भएकाले बजार विश्वसनीय छ। सरकारले सेयर बजारलाई डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिएको छ र नेप्से पुनर्संरचना प्रतिवेदनको अध्ययन गरी सुधार अघि बढाइनेछ।

अर्थमन्त्रीले आगामी दिनहरूमा बजारमा सुनौला दिन आउने योजना रहेको र सरकारको प्राथमिकता नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु रहेको बताए। उनले जोड दिए, “हामी खुलाबजार अर्थनीति मान्छौँ, तर छाडा अर्थतन्त्र होइन।”

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार