ट्र्याक्टर पल्टिँदा पाल्पामा चालकको मृत्यु

ट्र्याक्टर पल्टिँदा पाल्पामा चालकको मृत्यु

पाल्पाको रामपुर नगरपालिका–३ गैँडुनमा बारी जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ३ त ७२५ नम्बरको ट्र्याक्टर पल्टिँदा रामपुर–४ बाङ्गेपसल निवासी ४२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको हो।

प्रहरीका अनुसार रामपुर–३ का स्थानीय दुर्गबहादुर मल्ल ठकुरीको बारी जोत्ने क्रममा ट्र्याक्टर अनियन्त्रित भई पल्टिएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक प्रक्रिया अघि बढाइएको पाल्पाका डिएसपी होम प्रकाश चौधरीले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार