उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

काठमाडौंमा- रामसहायप्रसाद यादव अस्वस्थ भएपछि सोमबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना गरिएका छन्। अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेल का अनुसार उच्च रक्तचाप बढ्नु र पेटमा ग्यासको समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको हो। सुत्ने समयमा असहज महसुस भएपछि अस्पताल पुर्‍याइएको बताइएको छ। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, केही परीक्षणका रिपोर्टहरू नर्मल आएको र बाँकी रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ। उहाँको उपचार डा. गजुरेलको नेतृत्वमा रहेको चिकित्सक टोली तथा पेटरोग विशेषज्ञहरूले गरिरहेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार