• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

सांसद हमालद्वारा प्रत्यक्ष र समानुपातिक सांसदबीच भेदभावविरुद्ध विरोध, ओली–लेखकको रिहाइको माग

सांसद हमालद्वारा प्रत्यक्ष र समानुपातिक सांसदबीच भेदभावविरुद्ध विरोध, ओली–लेखकको रिहाइको माग

काठमाडौँ – नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले सरकारले प्रत्यक्ष निर्वाचित र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदबीच भेदभाव गरेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले विकास निर्माणका विषयमा प्रत्यक्ष निर्वाचित सांसदसँग मात्रै छलफल गरेको आरोप लगाइन्। सांसद हमालले सबै सांसदलाई समान रूपले हेर्नुपर्ने माग गरेकी छन्।

त्यसैगरी, उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनीहरूको रिहाइको माग पनि गरिन्।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार