• २०८३ साउन २९ गते शुक्रवार
  • Preeti To Unicode

नेपाल टेलिकमले डेटा प्याक सकिएपछि पैसा नकाटिने सेवा सुरु गर्यो

नेपाल टेलिकमले डेटा प्याक सकिएपछि पैसा नकाटिने सेवा सुरु गर्यो

काठमाडौं। नेपाल टेलिकमले मोबाइलमा डेटा प्याक सकिएपछि पैसा नकाटिने नयाँ सेवा ‘पे एज यू गो–पेजी’ बुधबारदेखि लागू गरेको छ। यस अन्तर्गत ग्राहकले डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याक खरिद गर्ने विकल्प पाउनेछन्।

सेवा प्रयोग गर्न ग्राहकले *444# डायल गरी मेनु अनुसार १ थिचेर सुविधा सक्रिय, २ थिचेर निष्क्रिय, र ३ थिचेर अवस्था थाहा पाउन सक्नेछन्। डेटा प्याकको ८० प्रतिशत र ९० प्रतिशत खपत हुँदा ग्राहकलाई SMS मार्फत जानकारी पनि दिइनेछ।

पहिले डेटा प्याक सकिए पनि मेन ब्यालेन्सबाट शुल्क कट्ने व्यवस्था थियो, तर अब ग्राहकले पैसा नकाटिने सुविधा निष्क्रिय नगरेको खण्डमा मेन ब्यालेन्सबाट डेटा चल्ने छैन। प्याक नलिई डेटा प्रयोग गर्न चाहने ग्राहकहरूले यो सुविधा सक्रिय राख्नुपर्नेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार