इरानले अमेरिकालाई आरोप लगायो: युद्धविराम १० बुँदे प्रस्तावका तीन सर्त उल्लंघन

इरानले अमेरिकालाई आरोप लगायो: युद्धविराम १० बुँदे प्रस्तावका तीन सर्त उल्लंघन

काठमाडौं । इरानले अमेरिकासँग भएको युद्धविराममा आधारित १० बुँदे प्रस्तावका तीन सर्तहरू उल्लंघन भएको आरोप लगाएको छ। इरानी संसद्का सभामुख मोहम्मद बागर गालिबाफले वार्ता सुरू हुनुभन्दा अगाडि नै यी उल्लंघनको बारेमा जानकारी दिँदै भने, “अमेरिकाका राष्ट्रपतिले इरानसँग १० बुँदे प्रस्ताव वार्ताका लागि आधार भएको बताएका थिए, तर अहिलेसम्म यसका तीन बुँदाहरू उल्लंघन भइसकेका छन्। उसले पटक–पटक आफ्नो प्रतिवद्धता तोड्दै आएको छ, त्यसैले विश्वास गर्न सकिँदैन।”

विशेषगरी, युद्धविरामसँग सम्बन्धित पहिलो सर्तको उल्लंघन लेबनानमा भएको आक्रमणका कारण भएको बताइएको छ। त्यस्तै, इरानको हवाई सीमामा एक ड्रोन लार शहरमा खसालिएको थियो, जसलाई हवाई सीमाको सम्मान नगर्नुको रूपमा लिइएको छ। त्यसैगरी, प्रस्तावको छैटौं सर्तमा उल्लेख गरिएको सम्वर्धन (एनरिचमेन्ट) अधिकारबाट इरानलाई रोक लगाइएको छ।

सभामुख गालिबाफका अनुसार, प्रस्तावका सर्तहरू वार्ताअगावै उल्लंघन भएको अवस्थामा दुईतर्फी युद्धविराम वा वार्ता गर्नु तर्कसंगत होइन। यद्यपि, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले युद्धरत अमेरिका र इरानका प्रतिनिधिहरूलाई १० अप्रिलमा इस्लामाबादमा वार्ताका लागि आमन्त्रण गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र २६ गते बिहिवार