• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

उपसभामुखमा उम्मेदवारीपछि रुबीकुमारीको प्रतिक्रिया- म सक्छु, देशलाई साथ दिन्छु

उपसभामुखमा उम्मेदवारीपछि रुबीकुमारीको प्रतिक्रिया- म सक्छु, देशलाई साथ दिन्छु

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिएकी छन्। २५ वर्षकी ठाकुरले पदीय जिम्मेवारी सम्हाल्न सक्ने आत्मविश्वास देखाउँदै भनिन्, “म सक्छु” र “म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु।”

ठाकुरको उम्मेदवारी ऐतिहासिक मानिएको छ, किनभने उनी नेपालको सबैभन्दा कम उमेरकी उपसभामुख बन्ने सम्भावना भएकी छिन्। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भने, पार्टीले नयाँ ढंगले काम गर्ने उद्देश्य राखेको छ र ठाकुरको उम्मेदवारी ऐतिहासिक निर्णय हो।

उपसभामुखको लागि उनलाई रास्वपानेपाली कांग्रेसले पनि समर्थन दिने वचन दिएका छन्।

प्रकाशित मिति : २०८२ चैत्र २६ गते बिहिवार