विश्व बैंक को प्रक्षेपण: नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित

विश्व बैंक को प्रक्षेपण: नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित

काठमाडौं — विश्व बैंक ले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट अप्रिल २०२६’ अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ। कृषि उत्पादनमा आएको गिरावट, मध्यपूर्व (खाडी) क्षेत्रमा जारी द्वन्द्वको प्रभाव, पर्यटन आगमनमा कमी, ढुवानी खर्चमा वृद्धि तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अर्थतन्त्रमा सुस्तता देखिएको प्रतिवेदनले उल्लेख गरेको छ। यद्यपि, नयाँ सरकार गठन र आर्थिक सुधारका प्रयासहरू अघि बढेमा आगामी दिनमा सुधारको सम्भावना रहेको जनाइएको छ। गत आर्थिक वर्षमा ४.६ प्रतिशत रहेको वृद्धिदर चालु वर्षमा घटेको भए पनि पुनर्निर्माण, जलविद्युत् विस्तार तथा निर्वाचनजस्ता गतिविधिका कारण आगामी वर्षमा ४.४ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। साथै, द्वन्द्व लम्बिएमा पर्यटन र रेमिट्यान्समा थप असर पर्न सक्ने चेतावनी दिँदै निजी क्षेत्रको भूमिका विस्तार, पूर्वाधार विकास तथा पर्यटन, सूचना प्रविधि र कृषि क्षेत्रमा प्राथमिकता दिनुपर्ने सुझाव समेत प्रतिवेदनले दिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार