काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गर्दै चुरे क्षेत्रको संरक्षण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनको माग गरेको छ। अभियानकर्मीहरूले अवैध क्रसर उद्योग बन्द, ढुङ्गा–गिट्टी–बालुवाको अवैध उत्खनन रोक्न, सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न, र दलित तथा सुकुम्बासीहरूको भूमि अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग राखेका छन्।
प्रदर्शनमा सहभागीहरूले प्लेकार्ड, ध्यानाकर्षण पत्र बोकेर सरकारको ध्यानाकर्षण गर्ने प्रयास गरेका थिए र सिंहदरबारभित्र ज्ञापनपत्र बुझाउने प्रयास पनि गरे। अभियानले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।