४ किमी सडक कालोपत्र गर्न ५ वर्ष

४ किमी सडक कालोपत्र गर्न ५ वर्ष

बागलुङको काठेखोला गाउँपालिका–७ देखि रेश जाने चार किलोमिटर लामो सडक कालोपत्र भएको छ। लामो समयदेखि जीर्ण बनेको उक्त सडक दुई वर्षमा सक्ने सम्झौता भएको भए पनि पाँच वर्षपछि मात्रै पूरा भएको हो।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाका अनुसार, सडक गाउँपालिकाको पहिलो लामो कालोपत्र सडक हो। २०७७ जेठमा निर्माण कम्पनीसँग चार किमी सडक कालोपत्र र ढलानका लागि ६ करोड ७१ लाख रुपैयाँमा सम्झौता गरिएको थियो। निर्माण ढिलाइका कारण म्याद छ पटक थपिएको थियो। अन्ततः गाउँपालिकाले चार करोड थप लगानी गरेर सडक कालोपत्र सम्पन्न गरेको छ।

सडक कालोपत्र भएपछि हिउँदमा धुलो र वर्षामा हिलोले कठिन बनाएको यात्रा सहज भएको छ। अब गाउँपालिकाको केन्द्रदेखि रेशसम्म १५ मिनेटमै पुग्न सकिने भएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार