• २०८३ भाद्र ११ गते बिहिवार
  • Preeti To Unicode

महासङ्घको साधारण सभा र निर्वाचन रोक्न उच्च अदालत पाटनको आदेश

महासङ्घको साधारण सभा र निर्वाचन रोक्न उच्च अदालत पाटनको आदेश

नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव हालका लागि स्थगित भएको छ। उच्च अदालत पाटनका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गरेको हो। यसअघि चैत्र २२ गते नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसहितका केही सदस्यहरूले निर्वाचन रोक्न रिट दायर गरेका थिए। विपक्षीको रूपमा उद्योग वाणिज्य महासङ्घ, महासङ्घको कार्यकारिणी समिति, सदस्यता समिति र निर्वाचन समिति रहेका थिए। चैत्र २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो भने आज (चैत्र २६) सो आदेशको निरन्तरता स्वरूप अन्तरिम आदेश जारी गरिएको हो। यस आदेशअनुसार अदालतले थप निर्णय गर्नु अघि महासङ्घको साधारण सभा र चुनाव अगाडि बढाउन नहुने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार