राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखको निर्वाचनमा आफ्नो आधिकारिक अडान तय गर्न संसदीय दलको बैठक बोलाएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी रहेको छ।
उपसभामुखको निर्वाचन आजै हुने भएकाले त्यसअघि नै पार्टीले औपचारिक निर्णय लिन बैठक आह्वान गरेको हो।