सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा बजेट खर्च अपेक्षाकृत कमजोर रूपमा गरेको छ । चैत महिनामा मात्रै सरकारले १ अर्ब ५५ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ, जुन कुल बजेटको ४.५७ प्रतिशत हो । चैतमा खर्चको गति केही बढे पनि समग्र बजेट कार्यान्वयन अझै सुस्त देखिएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत ललित थापाका अनुसार सरकारको कुल बजेट ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँमध्ये चैत मसान्तसम्म ८ अर्ब ३ करोड ६२ लाख रुपैयाँ (२४.२१ प्रतिशत) मात्र खर्च भएको छ । फागुन मसान्तसम्म ६ अर्ब ४८ करोड १६ लाख रुपैयाँ खर्च भएको थियो, जसअनुसार चैत महिनामा खर्च केही बढेको देखिन्छ ।
यद्यपि, फागुनदेखि चैतसम्म खर्च बढे पनि सरकारको बजेट कार्यान्वयनको गति विगतका आर्थिक वर्षहरूको तुलनामा कमजोर नै रहेको देखिएको छ ।