११ वैशाख, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वरपर सुकुमवासीहरूको प्रदर्शनको सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । कार्यालय परिसर अगाडि नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ ।
सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्ती हटाउने तयारी अघि बढाएसँगै प्रभावित समुदाय आन्दोलनमा उत्रिएको हो । थापाथलीलगायतका सुकुमवासी क्षेत्रका बासिन्दाहरू शुक्रबार बिहानैदेखि विरोध प्रदर्शनमा सहभागी भएका छन् ।
उचित वैकल्पिक व्यवस्था नगरी बासस्थान खाली गराउन खोजिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । सम्भावित तनावलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सतर्कता बढाएको जनाएको छ ।