• २०८३ साउन २९ गते शुक्रवार
  • Preeti To Unicode

मौसम विभागद्वारा हावाहुरी सुरु हुने समय र प्रभावित हुनसक्ने जिल्लाको विवरण अध्यावधिक

मौसम विभागद्वारा हावाहुरी सुरु हुने समय र प्रभावित हुनसक्ने जिल्लाको विवरण अध्यावधिक

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हावाहुरीसम्बन्धी सूचना अद्यावधिक गरेको छ।

आज बिहान ८ बजे जारी गरिएको विशेष बुलेटिन अनुसार, आज अपराह्न ४ बजेदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी सुरु हुने जनाइएको छ। उक्त हावाहुरी भोलि बिहान ६:४५ बजेसम्म जारी रहनेछ।विभागका अनुसार हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ। त्यसैगरी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासीमा पनि यसको प्रभाव पर्नेछ।

गण्डकी प्रदेशको नवलपुर तथा बागमती प्रदेशको चितवन आसपासका जिल्लामा समेत हावाहुरीको असर देखिन सक्ने जनाइएको छ। यस्तै, मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका क्षेत्रमा पनि हावाहुरीको सम्भावना रहेको छ।कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरीको जोखिम रहेकाले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यसअघि विभागले हिजो जारी गरेको सूचनामा हावाहुरी साँझ ५:४५ बजे सुरु भई भोलिपल्ट बिहान ७:४५ बजे समाप्त हुने जनाएको थियो। तर पछिल्लो अद्यावधिकमा समय संशोधन गरिएको हो।

विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने सम्भावना छ। देशका धेरै स्थानमा यसको प्रभाव पर्ने देखिएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार