• २०८३ जेष्ठ १२ गते मङ्गलवार
  • Preeti To Unicode

महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आज भइरहेको मतदानमा उपाध्यक्ष र कार्यकारिणी समिति सदस्य पदका लागि प्रतिस्पर्धा भइरहेको छ । सोमबार महासंघको ६० औँ वार्षिक साधारणसभा उद्घाटन भएको थियो भने विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका आधारमा अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । यसैबीच, वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकाल र शिव प्रसाद घिमिरे पक्षबीच प्रतिस्पर्धा छ । ढकाल प्यानलले ढकाललाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाएको छ, जसअनुसार निर्वाचित वरिष्ठ उपाध्यक्ष भविष्यमा अध्यक्ष बन्नेछन् । महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायतले मतदान गरिसकेका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार