२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति Gagan Thapa ले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा प्रधानमन्त्रीले संविधानको मर्म र व्यवस्थाको धज्जी उडाएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संवैधानिक परिषद् प्रधानमन्त्रीको ‘दादागिरी’ नियन्त्रण गर्न बनाइएको व्यवस्था भए पनि त्यसको पूर्ण रूपमा उल्लंघन गरिएको बताए । बिहीबार बसेको संवैधानिक परिषद् बैठकले Manoj Sharma लाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रममा चौथो स्थानमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना हो ।