• २०८३ जेष्ठ ५ गते मङ्गलवार
  • Preeti To Unicode

टारिगाउँ विमानस्थल विस्तार गर्न सांसद सुवेदीको माग, दाङका सडकको दयनीय अवस्था उठाए

टारिगाउँ विमानस्थल विस्तार गर्न सांसद सुवेदीको माग, दाङका सडकको दयनीय अवस्था उठाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले दाङको टारिगाउँ विमानस्थल सात दशक बितिसक्दा पनि विस्तार हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वि.सं. २०११ सालमा स्थापना भएको उक्त विमानस्थल दाङसहित सल्यान, प्युठान, रोल्पा र रुकुमका लाखौँ जनताको जीवनरेखा भए पनि राज्यको उपेक्षामा परेको बताए । साथै उनले लमही–घोराही–तुलसीपुर चारलेन सडक, राप्ती राजमार्ग, दाङ–सुर्खेत सडक, दामोदर मार्ग तथा तुलसीपुर–खिलतपुर सडकको अवस्था अत्यन्त दयनीय रहेको उल्लेख गर्दै कमजोर सडकका कारण जनताले दैनिक सास्ती र दुर्घटनाको जोखिम भोग्नुपरेको बताए । आगामी बजेटमा टारिगाउँ विमानस्थल विस्तार तथा यी रणनीतिक सडक आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गर्न उनले सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ ४ गते सोमवार