मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाउँदै सरकारको स्थिरता सुनिश्चित

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाउँदै सरकारको स्थिरता सुनिश्चित

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदनमा विश्वासको मत प्राप्त गरेका छन्। उनको पक्षमा ६२ मत परेको छ भने विपक्षमा ३६ मत परेको छ।

गत वैशाख २१ गते जनमतले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको थियो। यसअघि जेठ १ गते पनि विश्वासको मतका लागि सदन आह्वान गरिएको थियो, तर कांग्रेस भित्रको असन्तुष्टिका कारण र फलोर क्रस हुने सम्भावनाले गर्दा यादव अन्तिम समयमा पछि हटेका थिए।

विश्वासको मत प्राप्त गरेपछि उनका लागि सरकार स्थिर भएको संकेत प्राप्त भएको छ, यद्यपि पार्टी भित्रको असन्तुष्टिले अझै राजनीतिक चुनौतीको अवस्था कायम छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार