• २०८३ असार ३० गते मङ्गलवार
  • Preeti To Unicode

रास्वपा बागमतीका ९ जिल्लामा अधिवेशन सम्पन्न, सबै सभापति पुरुष

रास्वपा बागमतीका ९ जिल्लामा अधिवेशन सम्पन्न, सबै सभापति पुरुष

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। सम्पन्न अधिवेशनबाट निर्वाचित भएका सबै जिल्ला सभापति पुरुष रहेका छन्।

काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्या तथा मकवानपुरमा सन्जिव पाठक निर्वाचित भएका छन्।

बाँकी जिल्लामध्ये चितवन, रसुवा र ललितपुरमा आइतबार अधिवेशन हुँदैछ।यता, सिन्धुपाल्चोकमा शनिबार सुरु भएको अधिवेशन भने स्थगित भएको छ। रास्वपाले ‘विविध कारण’ देखाउँदै अधिवेशन स्थगित गरिएको जनाएको भए पनि त्यसबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

कार्यवाहक सभापति पासाङ तामाङका अनुसार सभापति पदका आकांक्षीहरूबीच सहमति जुटाउन समय लागेकाले अधिवेशन स्थगित गर्नुपरेको हो। उनका अनुसार सभापति पदका लागि पाँच जना आकांक्षी रहेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार