• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

सूचना चुहाएको आरोप प्रमाणित गर्न वाग्लेको चुनौती, ‘साबित भए सार्वजनिक जीवन त्याग्छु’

सूचना चुहाएको आरोप प्रमाणित गर्न वाग्लेको चुनौती, ‘साबित भए सार्वजनिक जीवन त्याग्छु’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (इभी) मा कर बढ्ने सूचना चुहाएको आरोपलाई निराधार र ‘ननसेन्स’ भन्दै त्यसको प्रमाण प्रस्तुत गर्न चुनौती दिएका छन्। बिहीबार बिहान सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आरोप प्रमाणित भए अर्थमन्त्री वा सांसद पद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार रहेको बताए। ‘अर्ब/खर्ब भन्द्याछन् जथाभावी, दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ कहीँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार छु,’ उनले भने। वाग्लेले आफूलाई कठघरामा उभ्याउन पर्याप्त प्रमाण ल्याउन आग्रह गर्दै अन्य सांसदहरूलाई पनि यस्तै स्तरको जवाफदेहिता र साहस देखाउन शुभकामना दिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार