२७ असोज, काठमाडौं । नेपालीहरूको मुख्य पर्व दशैं नजिकिएसँगै काठमाडौं उपत्यकासहित विभिन्न बजारमा किनमेल गर्नेको भिड बढेको छ। दशैंका लागि आवश्यक सरसामान खरिद गर्न राजधानीका मुख्य बजारहरूमा उपभोक्ताको चहलपहल बढेको हो। ललितपुरको लगनखेल बजारमा पनि दशैंका लागि आवश्यक सामग्री किन्न आउनेहरूको भिड लागेको छ। बजारमा लत्ताकपडा, भाँडावर्तनलगायतका सामान खरिद गर्ने उपभोक्ताको संख्या बढेको देखिन्छ। दशैंका लागि आवश्यक सामग्री किनमेल गर्न मानिसहरू पसलहरूमा पुग्न थालेपछि बजारमा चहलपहल थप बढेको छ।