धौवादी फलाम खानीदेखि नयाँ पदमार्गसम्म, पर्यटन र उद्योगमा गण्डकीको जोड

धौवादी फलाम खानीदेखि नयाँ पदमार्गसम्म, पर्यटन र उद्योगमा गण्डकीको जोड

काठमाडौं । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जितबहादुर शेरचनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पर्यटन, कृषि र औद्योगिकीकरणलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् । बजेट भाषणका क्रममा उनले घरेलु मदिराको ब्रान्डिङ तथा खाँजा खेतीसम्बन्धी अनुसन्धानका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए । साथै, गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि संघीय सरकारसँग समन्वय गरिने उल्लेख गरे । धौवादी फलाम खानी सञ्चालनका लागि संघ सरकारसँग सहकार्य गरिने तथा त्यसका लागि प्रदेश सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । यस्तै, मनास्लु, अन्नपूर्ण र धौलागिरी क्षेत्रमा नयाँ पर्यटकीय पदमार्गको सम्भाव्यता अध्ययन तथा विकासका लागि समेत बजेट व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार