• २०८३ साउन २९ गते शुक्रवार
  • Preeti To Unicode

२४ घण्टा ड्युटीपछि रेजिडेन्ट चिकित्सकलाई छुट्टी दिन न्याम्सको निर्देशन

२४ घण्टा ड्युटीपछि रेजिडेन्ट चिकित्सकलाई छुट्टी दिन न्याम्सको निर्देशन

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर)हरूको ड्युटी व्यवस्थामा सुधार गर्दै २४ घण्टा ड्युटी पूरा भएपछि बिहानको राउण्ड सकेर अनिवार्य रूपमा छुट्टी दिन निर्देशन जारी गरेको छ। सोमबार सहायक डिन डा. विकासविक्रम सिंह अधिकारीले एमडी/एमएस/एमडिएस तथा डिएम/एमसीएच कार्यक्रमका संयोजकहरूलाई परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेका हुन्। यसअघि न्याम्सका आवासीय चिकित्सकहरूले लगातार ३६ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेकाले उनीहरू शारीरिक तथा मानसिक तनावमा पर्ने गरेका थिए। नयाँ व्यवस्थाले रेजिडेन्ट चिकित्सकमाथिको कार्यबोझ कम हुने अपेक्षा गरिएको छ। परिपत्रमा २४ घण्टा ड्युटीपश्चात बिहानको राउण्ड सम्पन्न भएपछि चिकित्सकलाई छुट्टी दिनुपर्ने उल्लेख गरिएको छ। यसअघि नेपाल मेडिकल काउन्सिलले पनि आवासीय चिकित्सकमाथि अत्यधिक कार्यबोझ रहेको भन्दै प्रतिष्ठान, मेडिकल कलेज र विश्वविद्यालयहरूलाई अनिवार्य आरामको व्यवस्था गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार