चेतन मानन्धर हत्या प्रकरणमा सात जनाको जन्मकैद घट्यो, पाँच वर्ष कैद सजाय कायम

चेतन मानन्धर हत्या प्रकरणमा सात जनाको जन्मकैद घट्यो, पाँच वर्ष कैद सजाय कायम

काठमाडौं । सर्वोच्च अदालतले नेपालगञ्जको बहुचर्चित चेतन मानन्धर हत्या प्रकरणमा संलग्न सात जनाको जन्मकैद सजाय घटाएर पाँच/पाँच वर्ष कैद सजाय कायम गरेको छ । समूहगत अपराधमा संलग्न अभियुक्तहरूको भूमिका र कसुरको मात्रा फरक–फरक रहेको अवस्थामा सबैलाई समान रूपमा जन्मकैद दिनु चर्को हुने ठहर गर्दै न्यायाधीशद्वय हरि फुयाल र मेघराज पोखरेलको इजलासले २२ चैत २०८२ मा यस्तो फैसला गरेको हो । फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । सर्वोच्चले अभियुक्तहरूको व्यक्तिगत संलग्नता र अपराधको गम्भीरता मूल्याङ्कन गर्दै सजाय घटाएको भए पनि घटनाका मुख्य अभियुक्त रिगल ढकालमाथिको जन्मकैदको फैसला भने यथावत राखेको छ । २०७२ असार २७ गते नेपालगञ्जमा भएको उक्त घटनामा चेतन मानन्धरको हत्या भएको थियो । यसअघि रिगल ढकाललाई दिइएको कैद मिनाहाको निर्णयसमेत सर्वोच्च अदालतले बदर गर्दै पुनः कैद भुक्तान गर्न आदेश दिएको थियो । साथै, भविष्यमा माफी वा मिनाहा दिँदा पीडित पक्षको सहमति अनिवार्य हुनुपर्ने व्याख्यासमेत सर्वोच्चले गरेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार