‘सक्षम छोरी’ कार्यक्रमका लागि ७ करोड बजेट, २ लाख ७५ हजार छात्रा लाभान्वित हुने

‘सक्षम छोरी’ कार्यक्रमका लागि ७ करोड बजेट, २ लाख ७५ हजार छात्रा लाभान्वित हुने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गर्दै ‘सक्षम छोरी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले उक्त कार्यक्रमका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरेका हुन् । प्रदेश सरकारका अनुसार छात्राहरूको शैक्षिक सशक्तीकरणलाई टेवा पुर्‍याउने उद्देश्यसहित ल्याइएको यस कार्यक्रमबाट करिब २ लाख ७५ हजार छात्रा प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार