काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। अख्तियार सम्बद्ध स्रोतका अनुसार उक्त प्रकरणको अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिइएको हो। यस प्रकरणमा व्यवसायी सिद्धार्थ थापाको समेत संलग्नता रहेको बताइएको छ भने अर्का एक जना व्यक्तिलाई पनि पक्राउ गरिएको स्रोतले जनाएको छ। पक्राउ परेका उनीहरूलाई सुरक्षा निगरानीमा राखेर अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।