मोबाइल चोरीको आरोप र अन्धविश्वासले पशुपतिमा युवकको हत्या, चार महिनापछि बाबा पक्राउ

मोबाइल चोरीको आरोप र अन्धविश्वासले पशुपतिमा युवकको हत्या, चार महिनापछि बाबा पक्राउ

काठमाडौं । गत ६ फागुन २०८२ मा महाशिवरात्रिको भोलिपल्ट पशुपतिनाथ मन्दिर परिसरमा मृत फेला परेका संखुवासभाका अन्दाजी २५ वर्षीय सन्तोष गिरी भनिने सन्तोष परियारको हत्या भएको खुलासा भएको छ। घटनाको अनुसन्धान गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चार महिनापछि धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ का द्रव्यनाथ बाबा भनिने सुविन राना मगरलाई पक्राउ गरेको हो। महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ परेका मगरमाथि अनुसन्धान गर्दा घटनामा भारतीय बाबा अनुपनाथको समेत संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ। मोबाइल चोरीको आरोपमा सन्तोषलाई नियन्त्रणमा लिएर यातना दिइएको र पशुपति क्षेत्रमा भोग चढाउँदा तान्त्रिक शक्ति प्राप्त हुने अन्धविश्वासका कारण उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। घटनापछि भारतीय बाबा भारत फरार भएका छन् भने उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार