मनसुन विपद्का लागि सरकारको विशेष तयारी, ‘निरीक्षणभन्दा जनताको सुरक्षामा जोड’

मनसुन विपद्का लागि सरकारको विशेष तयारी, ‘निरीक्षणभन्दा जनताको सुरक्षामा जोड’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद्को सामना गर्न सरकारले मन्त्रीहरूको निरीक्षणभन्दा जनताको सुरक्षालाई प्राथमिकतामा राखेर व्यापक तयारी गरेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उनले विपद्का बेला तत्काल उद्धार र सडक सञ्चालन सहज बनाउन हेलिकप्टर परिचालनदेखि मोबाइल एपमार्फत पहिरोग्रस्त क्षेत्र तथा डोजरको अवस्थाबारे वास्तविक समयमै जानकारी प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार विकसित गरिएको एपले डोजर कहाँ–कहाँ छन् भन्ने जानकारी तत्काल उपलब्ध गराउने भएकाले आवश्यक स्थानमा छिट्टै सडक खुलाउन सहज हुनेछ। विगतमा आफू पनि विपद्का बेला उद्धार तथा राहतमा खटिएको अनुभव सुनाउँदै उनले अघिल्ला वर्षमा देखिएका कमीकमजोरी यसपटक दोहोरिन नदिने दाबी गरे। कुनै पनि नागरिकलाई विगतमा जस्तो लामो समय सडकमा अलपत्र पर्न नपरोस् भन्ने उद्देश्यका साथ सरकारले प्रभावकारी तयारी गरिरहेको उनको भनाइ छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार