पासपोर्ट खरिदमा भ्रष्टाचार मुद्दा दर्ता हुँदै, विशेष अदालतमा अख्तियारको टोली पुग्यो

पासपोर्ट खरिदमा भ्रष्टाचार मुद्दा दर्ता हुँदै, विशेष अदालतमा अख्तियारको टोली पुग्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी (पासपोर्ट) खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ। निर्णयसँगै आवश्यक कागजात बोकेर अख्तियारको टोली विशेष अदालत पुगेको छ भने अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

अख्तियारको उच्च स्रोतका अनुसार मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई विपक्षी बनाइएको छ। यद्यपि, अन्य प्रतिवादीहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। मुद्दा दर्तापछि अभियोगपत्रका पूर्ण विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार