उपभोक्ता ठगी गर्ने दुई कम्पनीलाई ४ लाख ४० हजार रुपैयाँ जरिवाना

उपभोक्ता ठगी गर्ने दुई कम्पनीलाई ४ लाख ४० हजार रुपैयाँ जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएपछि दुई कम्पनीलाई कुल ४ लाख ४० हजार रुपैयाँ जरिवाना गरेको छ। मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको अनुगमनमा ललितपुर महानगरपालिका–२५ स्थित ‘मार्केट प्लेस प्रा.लि.’ ले २४५ रुपैयाँ एमआरपी भएको ‘सिम्पल आई मास्क’ ३९५ रुपैयाँमा बिक्री गरी तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पुष्टि भएपछि २ लाख ४० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। त्यस्तै, काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित ‘लिलिज नेपाल प्रालि’ ले उपभोक्तालाई मालसामान बिक्री गर्दा बिल बिजक जारी नगरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको छ। विभागका अनुसार अनुगमनकै क्रममा ललितपुर महानगरपालिका–४, भनिमण्डलस्थित ‘सोल स्क्वायर प्रालि’ लाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार