• २०८३ असार १२ गते शुक्रवार
  • Preeti To Unicode

सागमा कीरा भेटिएपछि रोयल कटेजलाई ५० हजार जरिवाना

सागमा कीरा भेटिएपछि रोयल कटेजलाई ५० हजार जरिवाना

बुटवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित रोयल कटेज प्रालिलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको आरोपमा ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। केही दिनअघि चितवनमा गृहमन्त्री सुदन गुरुङसहितको टोलीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको घटना चर्चामा रहेका बेला पश्चिम नवलपरासीमा पनि होटलको खानामा सागभित्र सङ्खे कीरा भेटिएको घटना सार्वजनिक भएको हो। बालमैत्री स्थानीय तह घोषणासम्बन्धी अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी नेतृत्वको टोली होटलमा खाना खाँदा सागमा कीरा भेटिएपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायतका निकायको संयुक्त टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा होटलमा प्रयोग भएका खाद्य सामग्री तथा तयार पारिएका परिकार खाद्य स्वच्छता मापदण्डविपरीत र अस्वस्थकर अवस्थामा रहेको पाइएपछि रोयल कटेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार