• २०८३ असार १६ गते मङ्गलवार
  • Preeti To Unicode

संसद्को गरिमा जोगाउन सांसदलाई मन्त्री गौतमको आग्रह

संसद्को गरिमा जोगाउन सांसदलाई मन्त्री गौतमको आग्रह

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिइन्। पछिल्लो समय संसद्को गुणस्तर खस्किँदै गएको जनगुनासो बढेकाले आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले सदनको समय जनसरोकारका विषयमा केन्द्रित हुनुपर्ने धारणा राखिन्। प्रक्रियागत र प्राविधिक विषयहरू कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक छलफलबाटै टुङ्ग्याउन सकिने बताउँदै उनले शिक्षा, स्वास्थ्य, जनजीविका र सरकारलाई जवाफदेही बनाउने विषयमा संसद्मा अर्थपूर्ण बहस हुनुपर्ने बताइन्। जनताले तिरेको करबाट संसद् सञ्चालन हुने भएकाले सांसदहरूले प्राप्त गर्ने प्रत्येक मिनेट जनहितका विषयमा खर्चिनुपर्ने उनको भनाइ थियो। मन्त्री गौतमले संसद्को मान राख्न सांसदहरूले बोल्ने भाषा, प्रयोग गर्ने शब्द, आचरण र पोसाकसम्ममा मर्यादा देखिनुपर्ने उल्लेख गर्दै संसद्प्रति जनताको विश्वास बढाउन सबै सांसदले आफ्ना व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिइन्। साथै, संसद्को गरिमा कायम राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिबद्धता पनि व्यक्त गरिन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार