गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदैल नियन्त्रण गर्नका लागि राखिएको करेन्टमा परेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको छ। प्रहरीले बँदेल भगाउन राखिएको विद्युतीय तारमा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ। घटनापछि करेन्ट प्रवाह गर्ने आरोपमा भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय गुल्मीले थप अनुसन्धान गरिरहेको जनाएको छ।