दुर्गा प्रसाईंलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्‍याइयो

दुर्गा प्रसाईंलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्‍याइयो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घर पुर्‍याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलको निषेधित क्षेत्रमा कार्यक्रम गर्न प्रयास गरेका थिए। उनले गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए। निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर घर पुर्‍याएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार