काभ्रेमा गएको पहिरो पन्छाइएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडकमा खसेको पहिरो तथा लेदो हटाउने कार्य सम्पन्न भएपछि आज बिहान ७:४० बजेदेखि राजमार्गमा सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी–७ को अमलटारी मुनि खसेको पहिरो र रोशी–९ को पिन्थलीबेंसी क्षेत्रमा जमेको लेदो हटाइएपछि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो।