काठमाडौं । बाढीपहिरोका कारण आज देशका विभिन्न प्रमुख राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। बिहान साढे ६ बजेसम्मको जानकारीअनुसार मेची राजमार्गको झापादेखि ताप्लेजुङ, बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी, कान्तिलोकपथको हेटौंडा–ठिंगन–बागमती–ललितपुर तथा अरनिको राजमार्गअन्तर्गत तातोपानी जाने बाटो र कोदारी क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। त्यसैगरी मध्य पहाडी राजमार्गअन्तर्गत भोजपुरको बोखिम र खोटाङको साखा क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।