• २०८३ साउन १२ गते मङ्गलवार
  • Preeti To Unicode

झापाको विद्यालयको आवासीय भवनमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापाको विद्यालयको आवासीय भवनमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना आफ्ना श्रीमान् रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए। विद्यालय सञ्चालनका क्रममा सोमबार दुवै जना सम्पर्कमा नआएपछि खोजी गर्दा उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको र फोनसमेत नलागेको पाइएको थियो। विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार रतन गुप्ताले व्हाट्सएप सन्देशमार्फत श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा भेटिएको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए। स्थानीयका अनुसार गुप्तालाई आइतबार साँझ दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो र त्यसयता उनी सम्पर्कविहीन छन्। जिल्ला प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान सुरु गरिएको, मृत्युको कारण अझै यकिन नभएको तथा शव परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको जनाएको छ। साथै सम्पर्कविहीन रहेका श्रीमान् रतन गुप्ताको खोजी पनि भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार