सुनसरी घटनाबारे छलफल गर्न मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान

सुनसरी घटनाबारे छलफल गर्न मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीमा भएको घटनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार बैठक आज दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्नेछ। बैठकमा सुरक्षा निकायका प्रतिनिधि, सुनसरीका प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी हुनेछन्। बैठकमा प्रदेशको शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उपायबारे छलफल गर्नुका साथै प्रदेश सरकारको उपस्थितिलाई नागरिकसम्म अझ प्रभावकारी रूपमा पुर्‍याउने विषयमा पनि आवश्यक निर्णय गरिने जनाइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार