गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस कार्यालय पुगे रवि लामिछाने

गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस कार्यालय पुगे रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुगेका छन्। सर्वदलीय बैठक सकेपछि उनी कांग्रेस कार्यालय पुगेर दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। मंगलबार ८३ वर्षको उमेरमा जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएका श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ। श्रद्धाञ्जलीपछि आजै उनको अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार