• २०८३ साउन १५ गते शुक्रवार
  • Preeti To Unicode

कुवेतमा ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको मृत्यु पुष्टि

कुवेतमा ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको मृत्यु पुष्टि

काठमाडौं — कुवेतस्थित नेपाली दूतावासले जुलाई ३० मा भएको ड्रोन आक्रमणमा सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको पुष्टि गरेको छ। दूतावासले विज्ञप्ति जारी गर्दै तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी अघि बढाइने जनाएको छ। तामाङको मृत्युबारे बिहीबारदेखि नै विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भइसकेको थियो। साथै, दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेती सरकारले जारी गरेका सुरक्षा मापदण्डहरूको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार