साउन महिनाको तेस्रो सोमबारको अवसरमा बिहानैदेखि पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीहरूको घुइँचो लागेको छ। दर्शनार्थीहरूको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिनुका साथै बोलबम यात्रुका लागि विशेष व्यवस्था गरिएको छ। मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएकाले भक्तजन वर्षामा रुझ्दै पनि बिहानैदेखि दर्शनका लागि लाइनमा बसेका छन्। पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका अन्य शिव मन्दिरहरूमा पनि भक्तजनहरूको उल्लेखनीय भीड लागेको जनाइएको छ।