• २०८३ साउन १९ गते मङ्गलवार
  • Preeti To Unicode

महोत्तरीमा विद्यालय बस दुर्घटना : पाँच विद्यार्थीसहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना : पाँच विद्यार्थीसहित ६ जना घाइते

महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक खण्डमा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित ६ जना घाइते भएका छन्। बिहान करिब साढे ७ बजे मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा बस चालक गौशाला–५ निवासी करिब ४० वर्षीय विजय भुजेल, गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय प्रतिक कुशवाहा, ८ वर्षीय प्रज्वल कुशवाहा र १३ वर्षीया प्रिति कुशवाहा, गौशाला–९ निवासी शेख जावेदका १३ वर्षीय छोरा उमर शेख तथा गौशाला–११ निवासी रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा घाइते भएका छन्। प्रहरी चौकी कान्तिबजारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा पठाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार