काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णालीमा संयुक्त रूपमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत खसेको छ। मतदान प्रक्रिया निर्वाध रूपमा सञ्चालन भइरहेको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका छन्।