किएभमा रूसी मिसाइल आक्रमण : दुईको मृत्यु, २२ जना घाइते

किएभमा रूसी मिसाइल आक्रमण : दुईको मृत्यु, २२ जना घाइते

काठमाडौं । रूसले युक्रेनको राजधानी किएभमा व्यापक मिसाइल आक्रमण गरेको छ। उक्त आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्। किएभ सहरका अधिकारीहरूका अनुसार आक्रमणमा एक महिलाको मृत्यु भएको हो भने क्षेत्रीय अधिकारीहरूले बुचामा पनि एक जनाको ज्यान गएको पुष्टि गरेका छन्। युक्रेनको सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले शत्रुले एकपटक फेरि किएभमा व्यापक आक्रमण गरिरहेको बताएका छन्। मंगलबार अबेर राति भएको आक्रमणका क्रममा घण्टौंसम्म साइरन बजेको थियो भने सहरभित्र र बाहिरी क्षेत्रमा धेरै मिसाइल खसालिएको बताइएको छ। युक्रेनको सेनाले रूसी सेनाले सर्वसाधारण नागरिक र आवासीय क्षेत्रलाई निशाना बनाएको आरोप लगाएको छ। यद्यपि, यस आरोपबारे रूसले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार